Shikhar Insurance
National Life

सोपानका ६ औषधी उत्पादन सार्वजनिक

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २०, शुक्रबार १९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले ६ प्रकारका औषधी हरुको उत्पादन सार्वजनिक गरेको छ ।
सोपानले माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर सार्वजनिक गरेको हो ।

माइजिथ व्याक्टेरियल इन्फेक्सनका लागि हो भने मन्ट्रिनले दम र एलजीएका लागि काम गर्छ । त्यस्तै एलर्जले एलर्जी, सिप्राइटले एलर्जी र भोक, अनमिटले वान्ता र एनियुर ले भिटामिन बी १ को कमीमा काम गर्छ ।
विगत तेह्र वर्ष देखि बिभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको सोपान मल्टिपल कम्पनीले सोपान फर्मास्यूटिकल्स लिमिटेड मार्फत १ अर्ब २७ करोडको लगानी औषधिको उत्पादन क्षेत्रमा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माननीय स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, कम्पनीका अध्यक्ष इञ्जिनियर रामेश्वर रिजाललगायतले ति औषधीहरु एक कार्यक्रमका विच सार्वजनिक गर्नु गरेका छन् ।

सो कार्यक्रममा बोल्दै डा. कोइरालाले कम्पनीलाई गुणस्तरीय उत्पादन गरी चिकित्सक र बिरामीको मन जित्न सुझाव दिए भने कम्पनीका अध्यक्ष रिजालले गुणस्तरीय उत्पादनका लागि प्रतिवद्धता व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्