काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानलहरुलाई कारवाही गर्न सिफारिस गरेको छ । काउन्सिलले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूलाई मध्यनजर गर्दै १६ युट्युब च्यानल माथि अनुसन्धान गरि कारवाही गर्न सिफारिस गरेको हो ।
कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरेको हो ।
काउन्सिलले २२ वटा अनलाइन सञ्चार माध्यमलाई सचेत गराएको छ भने १० वटा लाई नेपाल भित्र नचल्ने व्यवस्था मिलाउन नेपाल दुर सञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्