Shikhar Insurance
National Life

युवा स्वोरोजगार कोषको १३ वर्षः ११ अर्ब लगानी गर्दा ८३ हजार युवा उद्यमी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष १४औं वर्षमा प्रवेश गरेको छ । युवाहरुको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान वेरोजगारी समस्यालाई समाधानका लागि कोष १३ वर्षयता प्रयासरत छ ।

कोषले नेपाल सरकार र अन्तराष्ट्रिय संघ संस्थाका साथै बैंक तथा वित्तीय संस्थाबाट रकम प्राप्त गरी परिचालन गर्ने गरेको छ । स्थापनाको १३औं वर्षमा कोषले ८३ हजार ४ सय ९ जना स्वरोजगार भएको कोषका कार्यकारी अधिकृत (सीईओ) विश्व मोहन अधिकारीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सीईओ अधिकारीका अनुसार हालसम्म कोषले कुल ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ । जसमध्ये ३ अर्ब ८२ करोड २ लाख ८३ लाख रुपैयाँ विपन्न वर्गमा कर्जा प्रवाह गरेको छ । कोषबाट ब्याज अनुदानमा १३ हजार ७ सय ६५ जना व्यवसायीहरुलाई १५ करोड ३३ लाख ५ हजार रुपैयाँ भुक्तानी भएको छ । साथै, कोषले १ हजार ९ सय ६५ वटा सहकारी संस्था र २६ वटा बैंक तथा वित्तीय संस्थामा लगानी गरेको छ ।

यस्तै, हालसम्म कोषले ४२ हजार ५ सय ६३ जना व्यवसायीहरुलाई अभिमुखीकरण तालिम दिइसकेको छ भने, ५ हजार ८० जना पदाधिकारी÷सदस्यलाई अनुशिक्षण तालिम प्रदान गरिसकेको सीइओ अधिकारीले जानकारी दिए ।

कोष आर्थिक रुपले विपन्न महिला, दलित, आदीवासी जनजाती, सिमान्तकृत, लोपोन्मुख अल्पसंख्यक, अपांगता लगायतका युवाहरुलाई स्वारोजगार कार्यक्रम संचालन गर्दै वित्तीय सहयोग गर्ने उदेश्यले सञ्चालन भएको हो ।

तर, कोष स्थापनाको १३औं वर्ष पुरा भइसक्दा पनि राजनीतिक हस्तक्षेपका कारण कोषले आफ्नो उदेश्य अनुरुप काम गर्न नसकेको सीईओ अधिकारीले बताए ।
‘सरकारी निकायको र निजी क्षेत्रको संस्था व्यवस्थापन फरक कुरा रहेछ,’ कोषका सीइओ अधिकारीले वार्षिकोत्सव कार्यक्रममा भने, ‘सरकारी निकायमा काम गर्नको लागि राजनीतिक हस्तक्षेप बढी हुँदा पनि समस्या धेरै छन् ।’

युवाहरु रोजगार खोज्ने तर स्वरोजगार हुन नचाहने हुँदा कोषले आफ्नो उदेश्य अनुरुप काम गर्न नसकेको र युवाहरुमा उद्यमशितताको अभाव धेरै भएको उनको भनाइ छ । युवाहरुलाई चाँडो प्रतिफल चाहिने, उद्यमशीलता र स्वारोजगारीभन्दा जागिर चाहिने प्रवृत्ति हावी हुँदा कोषलाई आफ्नो उदेश्यपुर्ति गर्न समस्या भएको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्