काठमाडौं । नेपालको एक तिहाई जनसंख्याले बीमा गराएका छन् । बीमा समितिको तथ्यांक अनुसार माघ महिनासम्म कुल १ करोड ५ लाख ७३ हजार ९ सय २४ जनाले बीमा लेख खरिद गरेका हुन् ।
केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या ३ करोड ५६ लाख ६ सय ३४ रहेको छ । जसको ३५.१८ प्रतिशत बीमाको दायारमा आएको समितिले उल्लेख गरेको छ ।
समितिका अनुसार सो अवधिमा कुल १ करोड २७ लाख ८२ हजार ४ सय ७७ बीमा लेख जारी भएका छन् । जसमध्ये १ करोड १० लाख ८६ हजार ६ सय ८९ जीवन बीमा लेख र १६ लाख ९५ हजार ७ सय ८८ निर्जीवन बीमा लेख हुन् ।
सो वापत कम्पनीहरुले कुल १ खर्ब ३ अर्ब ११ करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २१ अर्ब ८१ करोड ४ लाख रुपैयाँ र १९ वटा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्