काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सेयर आइपीओ जारी गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो १४औं वार्षिक साधारणसभा बोलाउँदै सर्वसाधारणमा सेयर जारी गर्ने घोषणा गरेको हो ।
कम्पनीले साधारणसभा यही चैत ११ गते काठमाडौंको छाँयादेवी कम्प्लेक्समा बमेलाएको छ ।
साधारणसभामा प्रस्तावमा कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने पेश हुने उल्लेख छ । सभाले सो प्रस्ताव पास गरेपछि कम्पनीले आइपिओ जारीको प्रकृया अघि बढाउने छ ।
सभालेसञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गर्नेछ ।
यस्तै, कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामानजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना कोषमा कम्पनीको तर्फबाट गरिएको आर्थिक सहायता वापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोनको लागि सभामा पेश गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्