Shikhar Insurance
National Life

बोर्डका नयाँ अध्यक्ष लागे लगानीकर्ताको हितमा, ब्रोकर कमिशन घटाउने तयारी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार १३:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश हमाल साना लगानीकर्ताको हित प्रवद्र्धनमा लागेका छन् । अध्यक्ष हमालले ब्रोकर कमिशन घटाउने तयारीका साथ नयाँ एण्जेडाहरु सार्वजनिक गर्ने तयारीमा लागेका हुन् ।

अध्यक्ष हमाल आफ्ना सार्वजनिक प्रतिवद्धताहरुको तयारीमा छन् । जसका लागि उनी आन्तरिक तथा वाह्य टिमसँग नियमित छलफल गरीरहेका छन् । छलफलका क्रममा आएका सुझावहरु मध्ये बजारमा तत्काल सकारात्मक सन्देश प्रवाह हुन सक्ने कामहरुको सूची उनले तयार पारिरहेका छन् । सूचीको पहिलो प्राथमिकतामा छ, ‘ब्रोकर कमिशन घटाउने बिषय’ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साना लगानीकर्तालाई मर्का नपर्ने गरी आफ्ना नयाँ एजेण्डाहरु तयारी गरी सार्वजनिक गरिने उनले बताए ।

‘बजारको सुधार मेरो पहिलो प्राथमिकता हो, त्यसका लागि के के गर्न सकिन्छ ? छलफल गर्दैछु, त्यसमा ब्रोकर कमिशन लगायतमा एजेण्डा छन्,’– उनले सिंहदरबारसँग भने ।

उनले आफ्ना भावी योजनाहरु भने पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने बताएका छन् । जसमा साना लगानीकर्ताको लगानी जोखिम मुक्त बनाउने एजेण्डाहरु उनले तयार पारिरहेका हुन् ।

उनलाई फागुन ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । भने फागुन ८ गते अध्यक्षको कार्यभार सम्हाल्दै उनले साना लगानीकर्ताको हितमा काम गर्ने मुख्य उदेश्य लिएर आएको बताएका थिए । उनले बजारलाई सुरक्षित र विस्वास योग्य बनाउने समेत बताएका थिए ।

कार्यभार सम्हालेको २ साता नपुग्दै उनी लगानीकर्ताको हित प्रवद्र्धनमा लागेका छन् । त्यो पनि आफ्नो पुर्व घोषणा अनुसार नै साना लगानीकर्ताको हितलाई केन्द्रमा राखेको देखिन्छ ।
अहिले ब्रोकर कमिशन न्यूनतम ०.४० प्रतिशत छ । लगानीकर्ताहरुको माग भने न्यूनतम ०.२२ प्रतिशत कायम गर्नु पर्ने हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्