Shikhar Insurance
National Life

नेपाल सरकारले सीधै भारत सरकारसँग मल किन्ने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १६, सोमबार २०:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल र भारत सरकारबीच ‘जीटूजी’ व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा सोमबार आयोजित एक भर्चुअल समारोहमा दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ । यो समझदारीपत्र भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोसेढुङ्गाका रूपमा रहेको छ भने यसले भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि प्रतिबिम्बित गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्