काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो नागरिकता खारेज गर्न, चारपाटा मोड्न र थानकोट कटाउन चुनौती दिएका छन् । उनले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए यस्तो गर्न भनेका हुन् ।
“यसलाई राष्ट्घाती भनिएको छ । यो सम्झौताका कारण स्वाधीनता तलमाथि हुन्छ भनिएको छ,” उनले भने, “कहिँ कतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन । त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मोडियोस् । सम्पत्ति विवरण बुझाएको छु सम्पत्ति खोसियोस् ।”
प्रतिक्रिया दिनुहोस्