काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरको सम्झौता तोडेर हिमालयन बैंक पार्टनरको खोजिम भौतारिन थालेको छ । करिब १० महिनासम्म चलेको मर्जरको भाँडिएपछि हिमालयन बैंकले आधार दर्जन वाणिज्य बैंकहरुसँग ‘नेगोसियसन’ गर्न थालेको हो ।
हिमालयन बैंकलाई राष्ट्र बैंकले डिमर्जरमा जाने भए आधिकारी पत्र चाहियो भनेर ताकेता लगाइरहेको छ । हिमालयन बैंकलाई इन्भेष्टमेण्टसँग डिमर्जर गर्ने भए अर्को पार्टनर खोज्न राष्ट्र बैंकले नै भनेको हुँदा सम्भ्यावित वाणिज्य बैंकहरुसँग नेगोसियशन सुरु गरिएको हिमालयन बैंकका सञ्चालक जितेन्द्र धितालले बताए ।
‘औपचारीक रुपमा सोझै पाटनर खोज्नु भनेर निर्देशन दिएको भने होइन तर, आफू अनुकुल पाटनर खोज्न भनेको छ,’ सञ्चालक धितालले सिंहदरबारसँग भने, ‘हामीले पनि बैंक व्यवस्थापनलाई आफ्नो हिसाबले कुन बैंकसँग सम्भावना हुन्छ, कुरा गर्नुस् भनेका थियौँ । उहाँहरुले कुरा गरिरहनु भएको छ ।’
उनका अनुसार बैंकले हालसम्म आधार दर्जन वाणिज्य बैंकहरुसँग मर्जरको लागि प्रारम्भिक नेगोसियसन गरिसकेको छ ।
‘व्यवस्थापनले ४ वटा बैंकसँग कुरा गरिसकेको जानकारी पाएको छु,’ सञ्चालक धितालले भने, ‘अरु २ वटामा कुरा गर्ने तयारी व्यवस्थापनले गरेको छ ।’
मर्जर भाँड्ने हिमालयन बैंकलाई कडा कारबाहीको तयारी, इन्भेष्टमेण्ट सफ्ट कर्नरमा
हिमालयन बैंकले हालसम्म मर्जरको सिभिल, सेञ्चुरी, कुमारी र बैंक अफ काठमाण्डूसँग मर्जरको नेगोसियसन गरिसकेको छ भने माछापुच्छ्रे र सनराइज बैंकसँग नेगोसियसन गर्ने बारे व्यवस्थापनले बोर्डमा छलफल गरिरहेको छ ।
राष्ट्र बैंकले चाँडै इन्भेष्टमेण्ट बैंकसँग डिमर्जरको प्रक्रिया सम्पन्न गरी अर्को पाटनर खोज्न भनेको उनको भनाइ छ । तर, हिमालयनका मर्जरका पक्षधारीहरुले डिमर्जरको पत्र पठाउन नपाए हुन्थ्यो भन्दै ढिलाइ गरिरहेका उनको भनाइ छ ।
यद्यपी राष्ट्र बैंकले ताकेता लगाएको हुँदा २÷३ दिनमै साधारण सभाको निर्णय अनुसार पत्र राष्ट्र बैंक पठाइने उनले जानकारी दिए ।
‘संयुक्त मर्जर कमिटीले साधारण सभाले पारित गरेको कुरा राष्ट्र बैंकमा जानकारी नगराएको हुँदा राष्ट्र बैंकले इन्भेष्टमेण्टसँगको मर्जरको ‘अपडेट’ मागेको हो,’ उनले थपे, ‘मर्जर गराउने/नगराउने अहिलेसम्म किन खबर आएन भनेर सोधिएको थियो,’ ‘मर्जर सम्बन्धी ऐनअनुसार संयुक्त मर्जर कमिटीले पत्र नपठाएसम्म डिमर्जर राष्ट्र बैंकले गराउन मिल्दैन ।’
राष्ट्र बैंकले डिमर्जर गरेका बैंकहरुलाई तोकिएको समयभित्रै अर्को बैंकसँग मर्जर सम्पन्न नगरेसम्म विभिन्न सेवा सुविधा सहित लाभांश वितरण र सेयर कारोबार रोक्का नै राख्ने हुँदा नयाँ पाटनर खोजी नेगोसियसनमा हिमालयनलाई हतारो भएको उनको भनाइ छ ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले गत वैशाख ३० गते आपसमा मर्जरको सम्झौता गरी स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका थिए । जसमा राष्ट्र बैंकले जेठ २० गतेनै सैद्धान्तिक स्वीकृति दिएको भएपनि उनीहरुले अन्तिमको कुनै प्रक्रिया पुरा गरेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्