काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरकको आधिकारक बिक्रेता रवि ट्रेडेर्स र मध्यपश्चिम सप्लायर्सको नयाँ शोरुम सञ्चालनमा आएका हुन् ।
यी शोरुमबाट ग्राहकलाई उच्चस्तरको सेवा प्रदान गर्ने बताइएको छ ।
नेपालमा ३८ वर्षको यात्रा पार गरेको गल्फ विश्व प्रख्यात र नेपालमा सबैभन्दा सर्वाधिक विक्री हुने ब्रान्ड हो ।
सो शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरे । सो अवसरमा उनले भने, “गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो जुन उच्च गुणस्तरको लागि प्रख्यात छ, नेपाली बजारमा गल्फ सर्वाधिक बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड हो ।”
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।
प्रतिक्रिया दिनुहोस्