काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले देश नै सिध्याउने आरोप लगाएका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले यस अघि पनि देश नै सिध्याउन खोज्दा आफुहरुले रोकेको र अब पनि सत्तामा पुगेको खण्डमा देशलाई नै जोखिम पर्ने बताएका हुन् ।
पार्टी निकट एकिकृत प्रगतिशिल प्राध्यापक संगठनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीले देश नै सिध्याइसकेका थिए । हामीले जोगायौं, अब पनि केपी आएपछि त सिध्याइदिन्छन् ।’
एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको र बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेनालाई सहभागी गराउने भनेर ओलीले तयारी गरेको तर आफूहरुको विरोधका कारण रोकिएको उनले बताए । यथास्थितिमा एमसीसी पास गर्न नसक्ने उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्