Shikhar Insurance
National Life

बिराटनगर पुगेर गभर्नरले भनेः अर्थतन्त्र संकटमा छ, उद्योगी व्यवसायीले सहयोग गरुन्

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १४, शनिबार १६:१३
Hyundai
NCELL
NIMB

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विगत छ/सात महिनामा मुलुकमा विप्रेषण वृद्धि कम र आयात अत्यधिक भएका कारण आर्थिक समस्या उत्पन्न भएको बताएका छन् ।

प्रदेश १ सरकारले आयोजना गरेको आर्थिक सम्मेलनमाउनले ठूला उद्योगी र व्यापारीलाई कर्जा लिन केही समस्या भएको महसुस भएको चर्चा गर्दै बजार सहज होस् भन्नका लागि राष्ट्र बैंकको ३२६ अर्ब रकम बैंकलाई चलाउन दिएको जानकारी दिए । उनले अर्थतन्त्रमा उतारचढावका समयमा उद्योगी र व्यापारीलाई सरकारलाई सहयोग गर्न आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थसचिव मधु मरासिनीले पुँजीगत खर्च केही कम भए पनि समग्रमा ४० प्रतिशत खर्च भएको जानकारी दिँदै नेपाली बजारको ठूलो क्रेता भनेको नेपाल सरकार नै हो भने । उनले आगामी असार मसान्तसम्म अर्थतन्त्रमा केही उतारचढाव भए पनि समस्याग्रस्त भने नहुने विश्वास दिलाए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस क्षेत्रमा औद्योगिक ग्राम स्थापना भए नागरिकको आयआर्जन वृद्धि हुनाले यसका आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रदेश लगानी बोर्डका कार्यकारी अधिकृत सरोज कोइराला, पूर्वअर्थसचिव रामेश्वर खनालले भारतीय पर्यटकलाई यस क्षेत्रमा आकर्षण गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल र उद्योग सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले भारत र बङ्गलादेशको उपभोक्तालाई ध्यानमा राखी औद्योगिक उत्पादन र पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्