Shikhar Insurance
National Life

राष्ट्र बैंकको सर्कुलर प्रभावः साताको अन्तिम दिन ५९ अंकले घट्यो नेप्से, खरिद गर्ने तम्सिए

घटेको सेयर बजारमा यी ६ कम्पनीको सेयर मुल्य बढ्यो
सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा कार्यान्वयनका सर्कुलर ल्याएको भोलिपल्टै सेयर बजारमा भारी गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५८.९९ अंकले घटेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा कार्यान्वयन गर्दै सेयर धितो कर्जामा जोखिम भारित १५० प्रतिशत कायम गरेको थियो । यो व्यवस्था २०७९ असारपछि कार्यान्वयन हुने भएपनि यसले सेयर बजारलाई प्रभावित पार्ने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार नेप्से घटेर २६६१.४४ अंकमा पुगेको छ । परिसूचक २.१७ प्रतिशतले घट्दा बजारमा ४ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । सस्तो सेयर पाउँदा लगानीकर्ता खरिद गर्न तम्सिएका हुन् ।

दिनभर २२९ स्क्रिप्टको ८४ लाख ९० हजार कित्ता सेयर ४ अर्ब २९ करोड ३८ लाख रूपैयाँमा किनबेच भए । हिजो ३ अर्ब १३ करोडको मात्र सेयर किनबेच भएको थियो ।

बजारमा कारोबारमा आएका सबै समूहगत उपसूचक घट्दा कुल १ सय ८५ कम्पनीको सेयर मूल्य घटे भने ६ वटाको बढे । बढ्नेमा हिमालयन जनरलको मूल्य ९.९१ प्रतिशतले वृद्धि हुँदा शिवश्री हाइड्रो, प्रिमियर इन्स्योरेन्स, मिथिला लघुवित्त र युनिलिभर नेपालको पनि सेयर भाउ बढेको छ ।

सबैभन्दा बढी युनिभर्सल पावरका लगानीकर्ताले गुमाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्