Shikhar Insurance
National Life

लागू औषध कारोबारीलाई पर्यटन बोर्ड सदस्यको तक्मा !

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ११, बुधबार १३:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । भाइरल मन्त्रीका रुपमा परिचित पर्यटन मन्त्री प्रेम आलेले लागु औषध कारोबारका आरोपीलाई पर्यटन बोर्डको सदस्य नियुक्त गरेका छन् । लागु औषध कारोबारमा पक्राउ परि जेल समेत बसेका काभ्रेका टासी लामा भनिने लिला बहादुर तामाङलाई पर्यटन बोर्ड सञ्चालक समिति सदस्य नियुक्त गरेका हुन् ।

तत्कालीन नेकपा(एमाले) निकट रहेका लामाले एमालेको १० औं महाधिवेशनमा समेत सहभागीता जनाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालका खरो आलोचक समेत रहेका विवादास्पद पात्र लामालाई पर्यटन मन्त्री प्रेम आलेले बोर्डमा सदस्य नियुक्त गरिदिएका हुन् । लामालाई बोर्ड सदस्य बनाउन सहरी विकास मन्त्री राम कुमारी झाक्रीले दबाव दिएको आरोप छ ।

विवादमा रहेका बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई हटाउन बोर्डमा बहुमत पुर्‍याउन आलेले लामालाई सदस्य बनाएका हुन् ।

एमाले केन्द्रिय सदस्य समेत रहेका बोर्ड उपाध्यक्ष चन्द्र रिजाल र सुर्य थापासँग घनिष्ट सम्बन्ध भएका लामालाई मन्त्री आलेले बोर्ड सदस्य नियुक्त गरेपछि एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालले आलेलाई तत्काल निर्णय सच्याउन निर्देशन दिएका थिए । अध्यक्ष नेपालले नियुक्तिका लागि सिफारिस गर्ने पार्टी सचिव तथा शहरी विकास मन्त्री झाँक्रीलाई पनि विवास्पद व्यक्तिहरुको नाम नल्याउन सचेत गराएका थिए ।

को हुन बोर्ड सदस्य बनेका लामा ?
काभ्रे जिल्लास्थित रोशी गाउँपालिका–९ का स्थायी बासिन्दा रहेका लामा हाल भक्तपुरको सुर्यविनायक–६ मा बस्छन् ।

माओवादी द्वन्द्वकालमा बैंक लुटपाटको आरोपमा पक्राउ परि उनी जेल सजाय काटिरहेका थिए । जेलमै रहेका बेला उनी २० लाख रकम र लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

बैंक लुटपाट तथा लागु औषध कारोबारमा संलग्न भएर जेल सजाय समेत काटेका लामालाई भक्तपुर प्रहरी कार्यालयले चाल चलन ठिक भएको भन्दै सिफारिस समेत गरेको फेला परेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्