Shikhar Insurance
National Life

महेन्द्रनगरका ‘डिलर दाइ’हरुलाई डिशहोमको सम्मान

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १८:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । महेन्द्रनगरमा डिश होम, डिश होम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने के.पी.ईन्टरप्राईजेज, बेताल मोबाईल ग्यालरी र मौभेरा मनि ट्रान्सफरलाई डिशहोमले उपहार र प्रमाण पत्र प्रदान गरेको छ । महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।

बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरे । कार्यक्रममा कैलाली र कञ्चनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिशहोम फाइबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ । कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १०एमबीपीएस निशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्