Shikhar Insurance
National Life

भन्सार विभागमा इपेमेन्टबाट पहिलो महिनामै साढे ७ अर्बको राजस्व संकलन

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ८, आईतवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था १ पुस २०७८ देखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी १२ माघ २०७८ मा अर्थमन्त्रीबाट जनार्दन शर्माले उद्घाटन गरी देशभरीका सबै भन्सार कार्यालयमा कार्यान्वयन गरिएको हो ।

यसरी भन्सार विभागको प्रज्ञापनपत्र सम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरुसँग जोडी विद्युत्तिय माध्यमबाट संकलनको सुरुवात भएसँगै इपेमेन्ट मार्फत विद्युत्तिय राजस्व संकलनमा उल्लेख्य वृद्धि हुनुका साथै आयातकर्तालाई पनि भुक्तानी गर्न निकै सहज भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेसनल पेमेन्ट स्वीच अन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन् रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीच मार्फत रियल टाईममा रु. ३.४ अर्ब र एनसीएचएल–आईपीएस मार्फत नन् रियल टाईममा रु. ४ अर्ब बराबरको संकलन भएको छ ।

भुक्तानी गर्नका निम्ती भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणाली (आसिकुडा) बाट रजिस्ट्रेसन वर्ष, रजिस्ट्रेसन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिला गरी अनलाइन भुक्तानी गर्न सक्दछन् । यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ ।

भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्नसक्दछन् । यो सेवा एनसिएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल/ईन्टरनेट बैंकिङ्ग तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाढै नै उपलब्ध हुनेछ । भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेक मार्फत हुने गरिन्थ्यो ।

देशभरीका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तः शुल्क लगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४% ओगटेको छ भने सरकारी करको हकमा ५०% योगदान गरेको छ । यसरी भन्सार विभागको अनलाइन संकलन सेवाको सुरुवातले विभागको सेवा प्रवाहमा उल्लेखिय सुधार ल्याई विभागको “क्यासलेस र फेस लेस” सेवा दिने नीतिलाई सहयोग गर्ने अपेक्षा गरेका गरिएको छ ।

आ.व. २०७८/७९ को माघ मसान्त सम्म सरकारी राजस्वको अनलाइन संकलन रु. १३.२ अर्ब भएकोमा भन्सार विभागको एक महिनामै ५६% योगदान रहेको छ । सरकारले गत आ.व. २०७७/७८ मा कुल राजस्व संकलन मध्ये १०% अनलाइन माध्यबाट संकलन गरेको थियो ।

आउँदो समयमा सरकारी राजस्व संकलन अनलाइन माध्यमबाट २–३ गुणाले बृद्धि हुने अपेक्षा गरिएको छ भने भन्सार विभागको अनलाइन संकलनले यसमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्