Skip to content
Shikhar Insurance
National Life

घरजग्गा, सेयर र आयातमा जाने कर्जाको सीमा परिवर्तन हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा तथा आयात लगायत अनुपादक क्षेत्रमा जाने कर्जाको सीमा पुनरवालोकन गर्ने भएको छ । केन्द्रीय बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अद्र्ध वार्षिक समीक्षामार्फत् सो व्यवस्था गरेको हो ।

सार्वजनिक अद्र्ध वार्षिक समीक्षमा भनिएको छ– ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिनेछ ।’

यस्तै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्