Shikhar Insurance
National Life

मौद्रिक नीतिको मुखैमा नाडाले राष्ट्र बैंकसँग गर्‍यो यस्तो माग, पुरा हुन कतिको सम्भव ?

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नाडाले एलसी मार्जिनमा ब्याज प्रदान गर्न तथा कर्जाको ब्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई अनुरोध गरेको छ । मौद्रिक नीतिको सम्मुखैमा नाडाले सुझाव दिँदै अटो व्यवसाय जोगाउन यस्तो व्यवस्था गरिदिन माग गरेको हो ।

हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरेको छ । यो व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने नाडाको बुझाइ छ । नाडाले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको व्यवस्था पुरानो अनुसार नै कायम गर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यदी उक्त व्यवस्था तत्काल परिमार्जन गर्न सम्भव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंक तथा वित्तिय संस्थाहरुले ब्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकबाट निर्देशन जारी गर्न माग गरिएको छ ।

साथै हालै नेपालका बैङ्क तथा वित्तिय निकायहरुले निक्षेपको व्याजदर बढाउने निर्णय गरेका छन् । निक्षेपको ब्याजदर बढेसँगै बैंक तथा वित्तिय निकायहरुले स्वभाविक रुपमा कर्जाको ब्याजदर पनि बढाउने भएकोले यसमा पुनर्विचारका लागि नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । वित्तिय निकायहरुले व्याजदर बढाउदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने नाडाले बताएको छ ।

उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको वर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई बर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित रहेको नाडाले ठहर गरेको छ । र, यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैंकसँग नाडाले अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्