Skip to content
Shikhar Insurance
National Life

मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा ठुलो नीतिगत परिवर्तन नगरी आजै सार्वजनिक हुँदै !

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति अर्द्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले आज (बिहीबार) साँझ ६ पछि नै मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सोमबार नै विभागीय र उच्च व्यवस्थापनसँग छलफल गरी मौद्रिक नीति समिक्षाको मस्यौदा गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइसकेको छ । सो मस्यौदा उच्च व्यवस्थापनले पास गरी गभर्नरले बिहीबार साँझ साढे ५ बजे भर्चुअल बोर्ड बैठक बोलाएको राष्ट्र बैंकका एक सञ्चालकले सिंहदरबारलाई जानकारी दिए ।

‘भौतिक उपस्थित जनाउँदा पनि हुने गरी भर्चुअल बोर्ड बैठक साँझ ५.३० बजे बोलाइएको छ, यसअघिको ट्रेण्ड हेर्ने हो भने बोर्डले पास गरेको आधा एक घण्टामा मौद्रिक नीति समीक्षा सार्वजनिक गर्नुपर्ने हो,’ ती सञ्चालकले भने, “बोर्डले पास गरेपछि सूचना बाहिरिने सम्भावना बढी हुँदा आज ६ बजेपछि सार्वजनिक होला ।’

मौद्रिक नीतिको अर्द्ध वार्षिक समीक्षालाई आगामी वैशाख ३० गते हुने तए भएको स्थानीय तहको निर्वाचनले प्रभाव पारेको हुँदा मुख्य नीतिगत परिवर्तन नहुने बताइएको छ ।

विषेशगरी राष्ट्र बैंकले सेयर कर्जामा ४/१२ को नीति लागू गरेपछि अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध लगानीकर्ता ‘नो भोट’ अभियान नै चलाएका छन् । सोही कारणले जनताको सेन्टिमेन्टल जोडिएको वित्तीय उपकरणहरुलाई अहिले यथावत राख्न मन्त्री शर्माले राष्ट्र बैंक उच्च व्यवस्थापनलाई सुझाएका थिए ।

‘समीक्षाको लागि तयारी गर्दा नै मन्त्रालयबाट अहिले मेजर पोलिसी चेञ्ज नगर्न भनेको हुँदा हामीले त्यही अनुसारको मस्यौदा तयार बनाउन सम्बन्धित विभागलाई भनेका थियौ,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो ‘विदेशी विनिमय सञ्चिती, शोधान्तर घाटा र तरलता चापलाई केही व्यवस्थापन गर्न सकिने सामान्य नीतिगत परिवर्तनमात्र अहिले हुन्छ ।’

आयातमा कडाई गर्दै यसअघि नै विभिन्न सामानको आयातमा नगद मार्जिनको व्यवस्था गरिएको हुँदा अहिले क्षेत्रगत कर्जा प्रवाहको नीतिमा परिवर्तन हुने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्