Shikhar Insurance
National Life

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, तपाईंलाई पर्याे ? (यसरी हेर्नुहोस् नतीजा)

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १६:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बुधबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धकका अनुसार ५१ हजार ६ सय ६२ जनाले १०–१० कित्ता तथा ८ जनाले ११–११ कित्ता सेयर पाएका छन् ।

आईपीओमा कुल २३ लाख ३१ हजार २ सय ५८ वटा आवेदन मार्फत २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको माग भएको थियो । जसमध्ये २ हजार ५ सय ५२ वटा आवेदन रद भएको क्यापिटलले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले माघ २६ गते देखि फागुन १ गतेसम्म सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र सर्वसाधारणमा निष्काशन गरिएको ५ प्रतिशत् अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड भएको हो ।

इमर्जिङ नेपालको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने संकेत गर्दछ ।
आईपीओको नतिजा मेरो सेयर, सीडीएससीको आईपीओ नतिजा हेर्ने पोर्टल, बिक्री प्रबन्धकको वेबसाइट र कम्पनीको वेबसाइटमा हेर्न सकन्छि ।

GBIME

प्रतिक्रिया दिनुहोस्