Skip to content
Shikhar Insurance
National Life

एमसीसीको विरोध गर्ने विद्यार्थी प्रहरीद्वारा प्रक्राउ, लाठी चार्जमा अधिकांश घाइते

Hyundai
NCELL
NIMB

काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । शान्तिपूर्ण विरोध गरिरहेका बेला प्रहरीले धरपकड गरेपछि केही स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष, उपाध्यक्ष, उपमहासचिवहरुसमेत कयौं विद्यार्थी तथा प्रर्दर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो भने लाठी चार्ज तथा लछारपछार समेत गरेको थियो । सो क्रममा धेरै विद्यार्थी नेता घाइते भएका छन् ।

प्रहरीले अनेरास्ववियूका ४२ जना विद्यार्थी नेताहरुलाई प्रक्राउ गरेको छ । बुधबार संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्न लाग्दा उनीहरूले व्यापाक विरोध भएको थियो ।

नियन्त्रणमा लिएका सबै विद्यार्थी नेताहरुलाई महेन्द्र पुलसि क्लबमा राखिएको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा लाठी चार्ज गर्दा केही विद्यार्थी नेता घाइते भएका छन् ।

प्रहरीले अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष हिरेन्द्र शाही उपमहासचिवहरु महेश श्रेष्ठ, अशोक थापा, भुपेन्द्र शाह, मेघनाथ चापागाईं, मिलन राई तथा सचिवहरु उत्तर खड्का,मनिषा कार्की, संगिता रानामगरलगायत ४२ जनालाई पक्राउ गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्