Skip to content
Shikhar Insurance
National Life

एक महिनामा निक्षेप साढे १३ अर्बले घट्दा कर्जा १२ अर्बले बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरूमा रहेको निक्षेप साढे १३ अर्ब रूपैयाँले घटेको छ । वाणिज्य बेंकहरूबाट निक्षेप बाहिरिने क्रमले माघमा पनि निरन्तरता पाएको हो ।
पुसमा निक्षेप १३ अर्ब रूपैयाँले कम भएको थियो ।

माघको पहिलो साता नै घटेको निक्षेपले त्यसयता बढ्न नसक्दा वाणिज्य बैंकहरूका लागि माघ निराशाजनक महिना बनेको हो ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ निक्षेप थियो । माघ मसान्तसम्म आइपुग्दा निक्षेप घटेर ४३ खर्ब १० अर्ब ८५ करोड रूपैयाँमा सिमित भएको हो ।

निक्षेप घटिरहँदा कर्जा प्रवाह भने निरन्तर बढेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले पुस मसान्तसम्म ४१ खर्ब ४२ अर्ब ९२ करोड रूपैयाँ कर्जा प्रवाह गरेकामा माघ मसान्तसम्म आइपुग्दा कर्जा प्रवाह ११ अर्ब ९२ करोड रूपैयाँले बढेर ४१ खृब ५४ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्