Shikhar Insurance
National Life

प्रेम आलेलाई भेटेर हान अध्यक्ष राणाले भनिन्ः पर्यटनमा टेवा दिएका होटल बन्द गरेर दण्ड नदिइयोस्

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणाले हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री प्रेमबहादुर आलेलाई भेटी पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुमाथि छलफल गर्दै वर्तमानको कोभिडबाट सृजित अप्ठेरो परिस्थितिमा होटल उद्योगको प्रभावकारी संचालनमा सहजिकरणको लागि आग्रह गरेकी छन् । उक्त अवसरमा अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रर्वद्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएको होटल संघ नेपाल (हान)ले आफ्ना सदस्यहरुको पक्ष तथा हक अधिकारको पक्षमा वकालत गर्दै आएको जानकारी गराउँदै कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्कहरु राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने बताउँदै राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसंगत हुने विषयमा समर्थन रहेको बताइन् ।

नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको पाँचतारे होटल याक एण्ड यतिको इजाजत खारेजी बारे गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक तथा करार अन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउनलाई समस्या रहेको प्रष्ट पारिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले एकातिर कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता खालका समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरण समेतमा सकारात्मकताको सञ्चार हुन सकेको देखिँदैन भन्दै अध्यक्ष राणाले मुलुकको कानुन बमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्कहरु नियम बमोजिम हुने नै हुँदा होटल सञ्चालनको निरन्तरताका लागि जोड दिइन् ।

उनले होटल संघ नेपालको सदस्य होटल याक एण्ड यति लगायत अन्य होटलहरुको सम्बन्धमा उठेका विषय र निर्णय समेतको बारेमा संघको धारणा राख्दै राज्यको कानून संगत नियम पालना गराउने मामलामा संघको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पुर्‍याएको योगदान कदर गर्दै होटल जस्तो ठूलो लगानी भएको प्रतिष्ठानहरुले अर्थतन्त्रलाई पुर्‍याएको गहकिलो योगदानको कदर हुनुपर्ने कुरामा जोड दिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्