काठमाडौं । नेप्से परिसूचक ५३ अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ५३.३० अंकले बढेर २७५४.२८ अंकमा पुगेको हो ।
बजारमा कारोबारमा आएका १ सय ७९ कम्पनीको सेयर मुल्य बढ्दा नेप्सेमा उच्च सुधार आएको हो । दिनभर २ सय २५ स्क्रिप्टका ६३ लाख ४३ हजार कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाख रूपैयाँमा किनबेच भए ।
बढ्नेमा सबैभन्दा बढी न्यादी हाइड्रोको सेयर मूल्य बढेको छ । कम्पनीको मूल्यमा सर्किट लाग्दा तेह्रथुम पावरको मुल्य ८.७ प्रतिशतले बढ्यो । यस्तै ७ कम्पनीको सेयर मुल्य भनेको घटेका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षमा रह्यो ।
प्रतिक्रिया दिनुहोस्