Shikhar Insurance
National Life

सिन्धुलीमा ६८ किलो गाँजासहित तीन पक्राउ

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २, सोमबार २०:०४
Hyundai
NCELL
NIMB

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६८.४८२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ खहरेखोलाबाट गाँजासहित उनीहरूलार्य पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका–७ देवसरा बस्ने बहादुर गोले रहेका छन् ।

उनीहरूलाई फागुन १ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले कालु र कृष्णबहादुरले टाउकोमा एकरएकवटा बोरा बोकी पञ्चकन्या वनतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोरासमेत खानतलासी गर्दा कालुको साथबाट एक थान मोबाइल र २२ हजार रुपैयाँ बरामद भएको उहाँले जानकारी दिनुभयो । बोराभित्र चारवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध गाँजा बरामद गरिएको उनको भनाइ छ ।

कृष्णबहादुरको साथबाट एक थान मोबाइल, उनले बोकेको पहेलो रङ्गको प्लाष्टिकको बोराभित्र तीनवटा इँटा आकारको प्लाष्टिकले बेरीको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।

उनीहरूबाट बरामद गरिएको गाँजा तौल गर्दा कालुको साथबाट २०.३४ केजी र कृष्णबहादुरका साथबाट १६.२७ केजी गाँजा बरामद भएको उहाँले जानकारी दिए ।

उनीहरूलाई सोधपुछ गर्दा कालुले अरू थप लागूऔषध गाँजा आफ्नो भान्जा नाता पर्ने जिल्लाबहादुरसँग छ भनेपछि बहादुरलाई पक्राउ गरिएको उनले बताए।

“बहादुरले गाँजा सिन्धुली मरिण गाउँपालिका–७ देवसरा बस्ने प्रसाद गोलेको परालको कुन्युमा लुकाई छिपाई राखेको भनेको र परालले छोपी रहेको अवस्थामा दुईवटा सेतो रङ्गको बोराभित्र तीनरतीनवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध फेला परेको र तौल गर्दा ३२.२३२ केजी औषध गाँजा बरामद भएको छ”, उनले भने ।

पक्राउ गरिएकाको साथबाट जम्मा ६८.८४२ केजी गाँजा बरामद गरिएको र तीनै जनाविरुद्ध लागूऔषध ऐनअनुसार थप अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्