काठमाडौं । आईतबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकोे प्राथमिक सेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । संस्थाले जारी गरेको आइपीओमा आवेदन दिने २७ लाख ९ हजार ८५५ आवेदकहरुमध्ये ४७ हजार ७९० जनाले मात्र १० कित्ताका दरले आइपीओ हात पारेका छन् ।
कुल आवेदनमा २५ लाख ९१ हजार ७०२ जना आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
योग्य छनौट भएका आवेदनलाई गोलाप्रथा विधिमा समावेश गराई क्यापिटलले आइपियो बाँडफाड गरेको हो ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com, कम्पनीको वेवस http://jalpamf.com/, तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
संस्थाले माघ २१ गतेदेखि प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
जारी गरिने कुल आइपीओमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको थियो भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।
प्रतिक्रिया दिनुहोस्