Skip to content
Shikhar Insurance
National Life

‘ब्याजदर वृद्धिले बैंकमात्र मोटाउछन्, मूल्य बढाएर उद्योग धराशयी बनाउने नीति तत्काल खारेज गरियोस्’

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकहरुले निक्षेपमा गरेको ब्याजदर वृद्धिले घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुलाई नकारात्मक असर पार्ने व्यवसायीहरुले औंल्याएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा हालै गरिएको ब्याजदर प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण गर्दै सो विषय औंल्याएको हो ।

ब्याजदरवृद्धिले बैंकहरुलाई मात्र फाइदा पुग्ने भन्दै दीर्घकालीन रुपमा मुलुकको अर्थतन्त्रलाई नै समस्याग्रस्त पार्ने नीति तत्काल फिर्ता लिन पक्षलाई चेम्बरले सम्बन्धित पक्षलाई माग गरेको छ ।

राष्ट्र बैंकले यसअघि नै गरेको आयातित वस्तुहरुमा एलसीबाट हुने कारोवारमा सतप्रतिशत नगद मार्जिन राख्नु पर्ने प्रावधानले व्यावसायीक क्षेत्रलाइ चुनौति सृजना भइ रहेको परिप्रेक्षमा हाल आएर निक्षेपमा दिइने ब्याज दर वृद्धिले थप चुनौति सृजना भएकोे छ । यसबाट समस्त निजी क्षेत्र व्यवसाय संरक्षण गर्न नसक्ने अवस्था रहेका चेम्बरको भनाइ छ । यस्तो नीतिगत व्यवस्थाले निकट भविष्यमै नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने, तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भइ निर्यात उद्योग धराशायी हुने चेम्बरको धारणा छ ।

‘आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नु पर्ने र रेमिट्रयान्सको चुहावटलाइ रोक्नु पर्ने बेलामा व्यवसायलाइ प्रतिकूल हुने गरी लागू गरिएको वैकिड तथा मौद्रिक नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने, तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भइ निर्यात उद्योग धराशायी हुने र राजश्वमा समेत प्रतिकूल असर पर्ने भएकाले यस तर्फ समयमै केन्द्रीय वैंकको ध्यानाकर्षण हुन अति जरुरी छ,’ चेम्बरले प्रेस विज्ञाप्ती जारी गर्दै भनेको छ ।

सो सन्दर्भमा ब्याजदर वृद्धिबाट दीर्घकालीन रुपमा मुलुकको अर्थतन्त्रलाइनै समस्याग्रस्त पार्ने र तरलता समस्या समाधानका वैकल्पिक उपाय हुदा हुंदै व्याजदर वृद्धि मार्फत तरलताको दीर्घकालीन समाधान नहुने भएकोले नेपाल सरकारले पुंजीगत खर्च वढाउन कडा कदम चाल्नु पर्ने चेम्बरको धारणा रहेको छ । तसर्थ नयां व्याजदर कार्यान्वयन नल्याउन नेपाल चेम्बर अफ कमर्सले जोडदार माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्