Shikhar Insurance
National Life

एनटीसीको भ्यालेन्टाइन डे अफरः ४९ रुपैयाँमा अनलिमिटेड कल, दिनभर भोल्टे कल फ्रि

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १, आईतवार १८:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख)मा उपलब्ध छ ।

सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टे सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टे कल निःशुल्क प्रदान गरेको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्