काठमाडौं । ऋणीलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पुरा गर्नुपर्ने प्रक्रिया थप भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ‘पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) मार्गदर्शन, २०२२’ जारी गर्दै सो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले सो मार्ग दर्शन विश्व बैंकले गरेको पर्यावरण तथा सामाजिक जोखिम सम्बन्धी अध्ययन प्रतिवेदनले औंल्याएका विषय अनुसार जारी गरेको हो । उक्त अध्यनन प्रतिवेदनलाई ऐन कानुन संशोधन गर्न अर्थमन्त्रालयबाटै सम्बन्धी सबै पक्षलाई निर्देशन भएपछि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को पाँचौं समेत भइसकेको छ ।
जारी मार्गदर्शन अनुसार अब बैंक तथा वित्तीय संस्थाले ग्राहकले कर्जाको माग गर्दै आवेदन दिँदा सो कर्जाको प्रयोग कुन प्रयोजनका लागि हो ? त्यसले वातावरण र समाजमा कस्तो असर गर्छ त्यसको पनि निक्र्यौल गर्नु पर्ने हुन्छ । कर्जा लिएर गरिने उद्यम व्यवसाय तथा परियोजनाले वातावरण र सामाजिक जोखिम निम्त्याउने भएमा बैंक तथा वित्तीय संस्था कर्जाको आवेदन स्वीकृत गर्न नपाउने सो मार्गदर्शनमा उल्लेख गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पेश गर्नु पर्ने अन्य कागजातसँगै अब ऋणीले राष्ट्र बैंकले जारी गरेको नयाँ मार्गदर्शनमा उल्लेखित प्रक्रिया अनुसारको कागजात समेत पेश गर्नु पर्ने हुन्छ । ऋणीले बैंकबाट कर्जा लिएपछि सोको उपयोग वातावरणीय र सामाजिक दिगोपन जस्तैm जलवायू परिवर्तनसँग जोडिएका आर्थिक विषयहरु लगायतलाई नकारात्मक असर नगर्ने पुष्टि गर्नु पर्ने हुन्छ ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको ‘पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) मार्गदर्शन, २०२२’
प्रतिक्रिया दिनुहोस्