Shikhar Insurance
National Life

सेयर लगानीकर्ता संघको सुझाव लिँदै कार्कीले भनेः २-४ वटा तत्कालै कार्यान्वयन हुन्छन्, ढुक्क हुनुस्

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १, आईतवार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले छिट्टै ५८ बुँदे मागहरु कार्यान्यवन हुने आश्वासन दिएका छन् । नव नियुक्त सीईओ कार्कीलाई शुभकामना दिन नेप्से पुगेका सेयर लगानीकर्ता संघ नेपालका प्रतिनिधिमण्डललाई उनले यस्तो आश्वसन दिएका हुन् ।

आइतबार सेयर लगानीकर्ता संघले भेटघाटको क्रममा विगतमा लगानीकर्ताका संघ संगठनहरू बिच सम्झौता गरिएको ५८ बुँदे मागहरूका बुँदाहरू मध्ये नेप्सेसँग सम्बन्धित कार्यान्वयन हुन बाँकी बुँदाहरू यथासिघ्र कार्यान्वयन गरिनुपर्ने लगायत सुझाव दिएका थिए । लगानीकर्ताको सुझाव अनुसार नै काम गर्ने प्रतिबद्धता सहित केही दिनमै सोको नतिजा सबैले देख्न पाउने भनाई सीईओ कार्कीको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सीईओ कार्कीलाई सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलको नेतृत्वमा गएको प्रतिमण्डलले सफल कार्यकालको शुभकामना दिँदै बजार सुधार र विकासका लागि विभिन्न सुझाव दिए ।

यस्ता छन् संघका सुझावहरूः
– २/३ अर्बको अनुमान गरी बनाईएको सफ्टवेयरलाई स्तरोन्नती गरी कम्तिमा ५०/६० अर्बको कारोबार धान्न सक्ने बनाउने,

– दिन प्रतिदिन बजारको आकार बढ्दै गएकोले स्थानिय तहसम्म पुग्न सक्ने संस्थागत र विश्वसनीय नयाँ ब्रोकरहरू थप्ने,

– विगतमा लगानीकर्ताका संघ संगठनहरू बिच सम्झौता गरिएको ५८ बुँदे मागहरूका बुँदाहरू मध्ये नेप्सेसँग सम्बन्धित कार्यान्वयन हुन बाँकी बुँदाहरू यथासीघ्र कार्यान्वयन गरिनुपर्ने,

– नेपाल स्टक एक्सचेञ्जको वेभसाईटबाट लगानिकर्ताले झेल्नु परेको समस्या तत्काल समाधान गरिनुपर्ने, टीएमएस सहित हरेक जानकारी मुलक नेप्से एप बनाई कार्यान्वयनमा ल्याउन,

 

यसबाहेक बजारको विकृतिको रूपमा फैलिरहेको इन्साइडर ट्रेडिङ रोक्न र सेयर कर्नरिंग सम्बन्धि समस्या न्युनीकरण, बजार सम्बन्ध नीति नियम ल्याउँदा लगानिकर्ताको सुझाव समेट्नुपर्ने जस्ता मौखिक सुझावहरू प्रतिनिधि मण्डलले दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्