काठमाडौं । बैंकको ब्याजदर बढेसँगै सेयर बजारमा भारी गिरावट आएको छ । कारोबारमा आएका एउटा पनि कम्पनी सेयर मूल्य नबढ्दा नेप्से १०१.२४ अंकले घटेको हो ।
नेप्से ३.६१ प्रतिशतले घटेर २७००.३२ अंकमा आइपुगेको छ । बजारमा कारोबारमा आएका १९१ कम्पनीमध्ये एउटामा मात्र यथावत् रह्यो ।
सेयर बजारमा १ करोड १६ लाख ६१ हजार कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख रूपैयाँमा किनबेच भए ।
सबैभन्दा बढी अपर तामाकोशी र नारायणी डेभलपमेन्ट बैंकको मूल्य घट्यो । कारोबार रकमका आधारमा अपर तामाकोशी शीर्षमा रह्यो ।
बैंकहरूले आइतबारदेखि नयाँ ब्याजदर लागु गरेका छन् । अब मुद्दती निक्षेपबाटै वार्षिक ११ प्रतिशतभन्दा बढी प्रतिफल पाइने भएको छ । निक्षेपको ब्याजदर बढ्दा कर्जा झनै महंगो हुने अनुमान लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्