Skip to content
Shikhar Insurance
National Life

पूर्व अर्थमन्त्री फोरमसँगको बैठक सम्पन्न, यस्तो भयो कुराकानी

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व अर्थमन्त्री फोरमको बैठक बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यालय, सुन्धारामा सम्पन्न भएको छ । उक्त बैठकमा सहभागी पूर्व अर्थमन्त्रीहरुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरे ।

पूर्व अर्थमन्त्री फोरमको बैठकमा देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयहरुमा बैंठक केन्द्रित थियो । साथै यस बैठकमा रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयहरुमा वृहत छलफल गरेको छ ।

बैठकमा पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्य सचिव विमल केडियाले जानकारी गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्