Shikhar Insurance
National Life

टेलिकमको नाफामा लोभलाग्दो सुधार, ६ महिनामै ३ अर्ब ८९ करोड खुद मुनाफा

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १, आईतवार १४:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले ६ महिनामै करिब ४ अर्ब रुपैयाँ खुद मुनाफा गरेको छ । टेलिकमले गत चालु आवको पुस मसान्तसम्म ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा गरेको हो ।

यो नाफा गत आवको दोस्रो त्रैमाससम्म गरेको ३ अर्ब २८ करोड ९३ लाख ९४ हजारभन्दा ६० करोड ८४ लाख ८१ हजार (अर्थात् १८.४९ प्रतिशत) ले बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको यस अवधिको सञ्चालन आय गत आव यही अवधिको भन्दा ८.३६ प्रतिशत बढी १९ अर्ब २० करोड ७२ लाख १६ हजार रुपैयाँ छ ।

कम्पनीले दोस्रो त्रैमास अन्त्यसम्म कुल आय ६.८७ प्रतिशतले विस्तार गरी २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार पुर्याएको छ । यसअवधिमा कुल सञ्चालन आय ३.७७ प्रतिशतले वृद्धि भई ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रहेको छ ।

यसबीचमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ । यसैगरी टुजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टुजी, थ्रीजी र फोरजी सेवाको पहुँच विस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि हुन गएको कम्पनीको दाबी छ । कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ ।

कोभिडको महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आ. व.को शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्