काठमाडौं । विवादास्पद छविका सहसचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलको सरूवा भएको छ । पौडेललाई अर्थ मातहतबाट संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको हो ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको मन्त्रिस्तरीय निर्यणबाट उनलाई अर्थबाट बिदा गरिएको हो ।
पौडेलले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष बराबरको अधिकार पाउँदा अख्तियारको दुरूपयोग गरेका थिए । आन्तरिक राजस्वमा पनि प्रभावशाली काम गर्न नसकेपछि उनलाई अर्थ मातहतबाटै बिदा गरिएको हो ।
पौडेल सरूवा हुँदा अर्थ मातहत ४ नयाँ सहसचिव आएका छन् । प्रधानमनत्री कार्यालयमा रहेका टंकप्रसा पाण्डे, गृहका राजेश्वर ज्ञवाली, प्रदेश नं. १ को लोकसेवा आयोगका यज्ञराज कोइराला र सुदुरपश्चिमको मुख्यमन्त्रीको कार्यकालयमा रहेका ढुण्डी प्रसाद निरौला अर्थमा आएका हुन् ।
बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना !
शोभाकान्तको अर्को बेइमानीः आफैं सञ्चालक भएको इमर्जिङ नेपाललाई आईपीओ अनुमति
धितोपत्र बोर्डमा शोभाकान्त पौडेलद्वारा अख्तियारीको चरम दुरुपयोग !
प्रतिक्रिया दिनुहोस्