Shikhar Insurance
National Life

विकास बैंकहरुले वाणिज्य बैंकभन्दा सयकडा ६२ पैसा बढी ब्याज दिने, फागुन १ देखि ११.६५%

सिंहदरबार संवाददाता
२०७८ माघ २८, शुक्रबार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । विकास बैंकहरुले निक्षेपामा वाणिज्य बैंकहरुले भन्दा बढी ब्याज दिने भएका छन् । वाणिज्य बैंकहरुले फागुनदेखि लागु हुनेगरी ब्याजदर ११.०३ प्रतिशत निर्धारण गर्ने सहमति गरेपछि विकास बैंकहरुले निक्षेप खोसिने त्रासमा ब्याजदर बढाएका हुन् ।

फागुन १ गतेदेखि लागू हुने गरी व्यक्तिगत निक्षेपको ब्याजदर ११.६५ प्रतिशत कायम गर्ने सहमति गरिएको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरूले फागुन महिनाका लागि अधिकतम वार्षिक सयकडा ११.०३ रूपैयाँ कायम गरेकामा विकास बैंकले कायम गरेको ब्याज ६२ पैसा बढी हो ।

‘वाणिज्य बैंकहरुले बढाएपछि विकास बैंकहरुले पनि राष्ट्र बैंकले दिएको ब्याजदरको प्यारामिटरमै रहेर निक्षेपको ब्याजदर बढाउने सहमति गरेका हौं,’ अध्यक्ष पोखरेलले सिंहदरबारसँग भने, ‘फागुन १ गतेदेखि राष्ट्रियस्तरका विकास बैंकहरुले अधिकतम ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकहरुले ११.६५ प्रतिशत ब्याजदर कायम गर्ने सहमति भएको छ ।’

उनका अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दतीमा १०.५५ प्रतिशत र क्षेत्रियस्तरका विकास बैंकहरुले १०.६५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछन् भने रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत ब्याजदर बढी निर्धारण गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्