Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुले बढाए निक्षेपको ब्याजदर, फागुन १ गतेदेखि ११.०३%

कर्जाको समेत बढ्दै
सिंहदरबार संवाददाता
२०७८ माघ २८, शुक्रबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुनदेखि निक्षेपको ब्याजदर बढाउने सहमति गरेका हुन् ।

संघको शुत्रबार बसेको बैठकको निर्णय अनुसार अब फागुन १ गतेदेखि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ ब्याजदर लागू हुनेछ । साथै, साधारण बचत खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा ५ प्रतिशतभन्दा कम र कल निक्षेपमा ३.०१५ प्रतिशत निर्धारण गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघले राष्ट्र बैंकले दिएको ब्याजदर सम्बन्धी निर्देशनको पालना गर्दै अघिल्लो महिनाभन्दा औसतमा १० प्रतिशत बढी फागुन महिनामा बढाईएको उल्लेख गरेको छ ।

मंसिर महिनामा बढाएको निक्षेपको ब्याजदर पुस र माघ महिनामा पनि सोही कायम गरेका वाणिज्य बैंकहरुले फागुनमा भने बढाउने भएको हुन् । ब्याजदर बढाएपनि निक्षेप संकलन नहुने र बढेको ब्याजदरले खर्चमात्र बढाउने भन्दै २ महिना बैंकहरुले ब्याजदर तटस्थ राखेका थिए ।

तर, अहिले भने संघलाई राष्ट्र बैंकका उच्च व्यवस्थापनबाटै निक्षेपको ब्याजदर बढाउन सुझाइएको हुँदा आकस्मिक बैठक बोलाएर निणर्य पारित गरिएको संघका एक सदस्यले सिंहदरबारलाई जानकारी दिए । प्रणालीमै तरलता समस्या भएको अहिलेको अवस्थामा बढाइएको ब्याजदरले नयाँ ऋणीलाई थप ब्याजदर बढ्ने ती सदस्यको भनाइ छ ।

‘बढेको ब्याजदरमा निक्षेप लिदाँ बैंकको खर्च अवस्य नै बढ्छ,’ संघका एक सदस्यले सिंहदरबारसँग भने, ‘बेसरेट र स्प्रेडदर कम भएका बैंकहरुलाई त्यसको व्यवस्थापन गर्न गाह्रो हुन्छ, बैंकहरुले अब नयाँ ऋणमा ब्याजदर बढाउँछन् ।’

निक्षेपको ब्याजदर बढ्दा हालसम्म एकल अंकमा रहेको बेसरेटसमेत दोहोरो अंकमा पुग्न सक्ने उनको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्