काठमाडौं । महालक्ष्मी विकास बैंक र हेभेन्ली स्पाबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्