Shikhar Insurance
National Life

भ्यालेन्टाइनका अवसरमा टिभिएस स्कुटर किन्नेलाई ६ हजार छुट, अरु पनि सुविधा

सिंहदरबार संवाददाता
२०७८ माघ २७, बिहीबार १८:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस योजनाको थिम “लभ इज जस्ट अ कल अवे” रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा रु.६०००/– सम्मको स्योरसट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ४०% डाउन पेमेन्ट गरेर ०% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फागुन ६ गतेसम्म लागु हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्