Shikhar Insurance
National Life

४२ करोड रोयल्टी नतिर्ने याक एन्ड यतिलाई मन्त्री आलेको दण्ड, ‘होटल र क्यासिनो दुवै बन्द’

सिंहदरबार संवाददाता
२०७८ माघ २७, बिहीबार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रोयल्टी तिर्न अटेरी गर्ने याक एन्ड यति होटल बन्द गर्ने निर्णय गरेका छन् । पटकपटक ताकेता गर्दा पनि ताकेता गर्दा पनि रोयल्टी नबुझाएपिछ आलेले मन्त्रीस्तरिय निर्णय गरेर बुधवार क्यासिनोको इजाजजपत्र रद्द गरेका हुन् भने होटल र क्यासिनो दुवै नचलाउन भनेका हुन् ।

सरकारले २०४८ पुस मा होटलको नाममा क्यासिनो सञ्चालनका लागि इजाजत पत्र दिएको थियो। त्यसयता आर्थिक वर्ष २०७६/७७ सम्मको बाँकी बक्यौता र आर्थिक वर्ष २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुरसँगै आव २०७८/७९ को रोयल्टी दस्तुर समेत गरेर क्यासिनोले ४२ करोड २५ लाख ६८ हजार बुझाउन बाँकी थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आर्थिक वर्षको कात्तिक ७ मा बक्यौता दाखिला गर्न पैँतीस (३५) दिने र मिति २०७८ पुस २७ गते १५ दिने अवधि तोकेर पत्राचार भए पनि होटलले रोयल्टी बुझाएको थिएन ।

त्यसपछि माघ १९ गते मन्त्रालयले गोरखापत्रमा ७ दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गरेको थियो।

आलेले होटलको क्यासिनो सञ्चालन इजाजत रद्द गर्ने, होटलको ५ तारे स्तरको स्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पत्ति रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘होटल तथा क्यासिनो सञ्चालन नगर्नु नगराउनु हुन सूचीत गरिन्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्