Shikhar Insurance
National Life

अदालतको मानहानी र आफ्नो बेइज्जत भएको भन्दै प्रेम आलेविरूद्ध फेरि अदालत पुगे रेग्मी

सिंहदरबार संवाददाता
२०७८ माघ २७, बिहीबार ०९:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा हालेका छन् । बोर्डका ‘निलम्बित’ सीईओ रेग्मीले आलेसहित सचिव महेश्वर न्यौपानेलगायतले ‘अपहेलना’ मुद्दा हालेका हुन् ।

सर्वोच्चले पुस १४ गते रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएकामा मन्त्री आलेसहित ९ जनाले त्यसको विपरित गएर हटाउने काम गरेको आरोप लगाएका छन् । अदालतमा विचाराधीन रहेको विषयमा आफूलाई सरकारले स्पष्टीकरण सोधेको र त्यस विषयको जवाफ आफूले नदिएको उनले भनेका छन् । जवाफ नदिएकै कारण जबरजस्ती आरोपका पुलिन्दा समेटिएको छानिबन प्रतिवेदन तयार पारी माघ २० गते मन्त्रीसमेत पर्यटन बोर्ड सञ्चालक समितिले ७ दिनको समय दिइ स्पष्टीकरण दिन भनेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो निर्णयले अदालतको आदेश अवज्ञा गरेको रेग्मीको ठहर छ ।

डेढ महिना अघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कर्मचारीमाथि हातपात गरेपछि रेग्मी निकै चर्चामा छन् । उनको व्यवहार र प्रवृत्तीलाई मन्त्री आलेले साँढेको संज्ञा दिएका छन् ।

रेग्मीले सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष तथा छानविन समितिका संयोजक चन्द्र रिजालसहित अन्य सदस्य र पर्यटन विभागका महानिर्देशक तथा आमन्त्रित सदस्य तारानाथ अधिकारीलगायत ९ जनाविरुद्ध मानहानी र अवहेलनाको मुद्दा दायर गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्