Shikhar Insurance
National Life

सुजुकीको गाडी बिग्रे बनाइदिन कम्पनी घरैमा आउने

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । सुजुकीले नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सुरु गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीे होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील सुरु गरेको हो ।

स्मार्ट वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफ्नो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन् । कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरण राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत तथा अरु गाडी सम्बन्धि कामा गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ अनुसार यो चार पांग्रे सवारी मा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ ।

यो सेवा हाल काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध छ र चाँडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्