Shikhar Insurance
National Life

२ करोड लगानीमा खुल्यो सलुन

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार १२:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’ को २७ औं शाखा काठमाडौको दरवारमार्ग स्थित दरवार मलको पहिलो तल्लामा सुरु भएको छ ।

सलुनको नेपाल उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै)ले उद्घाटन गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको १० औं शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर,पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सन्चालक सरु थापाले बताइन् ।

सलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रबिधि सुरु गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

ब्यवसायीहरु सरु थापा, दुर्गा प्रसाद सुवेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संबेदनसिलतामा ख्याल गर्दै विश्व बिख्यात सौर्न्दर्य प्रसाधनको प्रयोग गरिने सन्चालकको दावी छ ।

२२ बर्ष अगाडी चितवनकि शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सलुनको सुरुवात गरेकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्