काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जना सर्टलिस्ट भएका छन् । छनोट समितिले योग्यता, अनुभव तथा कार्ययोजना मूल्यांकनका आधारमा शीर्ष ५ जना नाम तयार पारेको हो ।
सिफारिस समितिले बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेलाई टप फाइभ मानेको हो ।
यी आवेदकको कार्ययोजना प्रस्तुतीकरणका आधारमा समितिले ३ जनाको नाम सरकारमा पेश गर्नेछ । र यी मध्ये १ जना बोर्ड अध्यक्ष हुनेछन् । टप फाइभ छनोट भएसँगै चिरन्जिवी चापागाईं, नवराज अधिकारी, मुक्ति अर्याल, रमेश घिमिरे, अम्बिका शर्मा लामिछाने, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाई, अनिलराज पौडेल र हेमन्त बस्याल अध्यक्ष पदको रेसबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्