Shikhar Insurance
National Life

अब मोबाइलै ह्याङ हुने धेरै वटा बैंकिङ एप वा वालेट डाउनलोड गर्नु नपर्ने

सिंहदरबार संवाददाता
२०७८ माघ २१, शुक्रबार २०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । अब डिजिटल कारोबारका लागि मोबाइल ह्याङ हुने गरी धेरै वटा मोबाइल बैंकिङ तथा वालेट एप डाउनलोड गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी साउनदेखि एउटै मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडबाट सबैमा कारोबार गर्न पाउने व्यवस्था गर्ने भएको हो ।

शुक्रबार केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै भुक्तानी प्रणालीको अन्तर आवद्धता तथा पहुँच सम्बन्धी व्यवस्था गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सम्बन्धी काम गर्ने संस्थाहरुले प्रचलनमा ल्याएको प्रणाली, संयन्त्र वा उपकरणसँग अन्तरआवद्धता गराइ सर्वसुलभ तबरले पहुँच विस्तार गर्ने तथा जोखिम व्यवस्थापन गर्न सो व्यवस्था गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ४५ को अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । भुक्तानी सेवा प्रदायक कम्पनीहरुले उल्लेखित सर्त पूरा गरी निर्देशन जारी भएको छ महिना भित्र कार्यान्यन गरी सक्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

हाल १० वटा भुक्तानी सेवा सञ्चालक, २८ वटा वालेट, २७ वाणिज्य बैंक, १३ वटा विकास बैंक र ११ वटा वित्त कम्पनीहरुले भुक्तानी सेवा प्रदायकको अनुमति लिएका छन् । सो व्यवस्था कार्यान्यवनमा आएसँगै यी सबैको अन्तरआवद्धता भई एउटै एपमार्फत भिन्न भिन्न मोबाइल बैंकिङ, वालेटमा कारोबार गर्न सकिन्छ ।

एउटा भुक्तानी सेवा दिने कम्पनीको मोबाइल एप वा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्स्फर गर्न मिल्ने भएको हो । अर्थात्, इसेवाबाट आईएमई पे वा प्रभु पेमा भुक्तानी वा पैसा ट्रान्स्फर गर्न मिल्छ ।

सो व्यवस्था कार्यान्यवनमा आएपछि भुक्तानी सम्बन्धी काम गर्ने संस्थाहरुले सेवा दिँदा सेवाग्राहीहरुबाट प्राप्त तथ्यांकको सुरक्षा तथा गोपनियता कायम गर्नुपर्ने छ । साथै, तोकिएको सेवा प्रवाह गर्दा बाहेक अन्यत्र त्यस्तो तथ्यांकको प्रयोग नहुने सुनिश्चितता गर्न निर्देशन दिएको छ ।

साथै, साना मूल्यका भुक्तानी प्रणालीमा आवद्ध अन्य सहभागी संस्था र राष्ट्र बैंकले समय समयमा साना मूल्यका भुक्तानी प्रणालीअन्तर्गत पर्ने गरी परिभाषित गरेको कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्ने वा साना मूल्यका भुक्तानी उपकरण जारी गर्ने सबै अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाले यससम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासद्वारा स्थापित प्राविधिक तथा व्यावसायीक मापदण्डहरुको पालना गर्नुपर्नेछ ।

यस्तै, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सेटलमेन्ट बैंकको रुपमा कार्य गर्दा गैर बैंक भुक्तानी सेवा सम्बन्धी संस्थालाई भेदभाव नहुने तथा संस्थाले प्रवाह गर्ने सेवा अवरुद्ध नहुने गरी आफ्नो संस्थामा सेटलमेन्ट खाता सञ्चालन गर्न दिनुपर्नेछ । तर यस्तो कार्यबाट भुक्तानी प्रणाली तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जोखिम हुने पर्याप्त आधार देखिएमा तोकिएको समयसम्मको लागि सेटलमेन्ट खाता सञ्चालन गर्न रोक लगाउन सक्नेछ ।

यसरी खाता सञ्चालनमा रोक लगाइएको स्पष्ट आधार र कारण खुलाई सम्बन्धित संस्था र यस बैंकलाई यथाशीघ्र जानकारी गराउनु पर्नेछ ।

भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूले अन्तरआबद्धतासम्बन्धी सेवा दिदा सेवाग्राहीबाट प्राप्त हुन आएका तथ्याङको सुरक्षा तथा गोपनीयता कायम गर्नुपर्नेछ । साथै, तोकिएको सेवा प्रवाह गर्दा वाहेक अन्यत्र त्यस्तो तथ्याको प्रयोग नहुने सुनिश्चितता गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्