Shikhar Insurance
National Life

महिनैपिच्छे निर्वाचन क्षेत्रमा समाजसेवा गर्ने श्रममन्त्रीले यो महिनाको पैसा क्याम्पसलाई दिए

सिंहदरबार संवाददाता
२०७८ माघ १९, बुधबार १६:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन् ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु ५० हजार प्रदान गरेका हुन् । उक्त रकम नेकपा (एकीकृत समाजवादी)का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्तावापतको रकम सहयोग गर्दै आएका छन् । उनले चुनावमा उमेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्