Skip to content
Shikhar Insurance
National Life

अटेर बीमा कम्पनीहरुलाई धमाधम नगद जरिवाना गराउँदै समिति, फेरि ११ कम्पनी कारबाहीमा (सूची)

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले थप ११ बीमा कम्पनीलाई नगद जरिवाना गराएको छ । कानुनी व्यवस्था तथा समितिको निर्देशन पालना नगर्ने कम्पनीलाई धमाधम नगद जरिवाना गराउन थालेको समतिले थप ११ कम्पनीलाई कारबाही गरेको हो ।

उनीहरुलाई १०–१० हजार रुपैयाँ तिराइएको छ । यी कम्पनीहरुले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था गरेको छ । जसको जानी–जानी उल्लङ्घन गरेको समतिको ठहर छ ।

त्यसरी जरीवाना गरिएका बीमा कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स कं. लि., नेशनल इन्स्योरेन्स कं. लि., राष्ट्रिय बीमा कम्पनी लि., राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स कं. लि., गुराँस लाइफ इन्स्योरेन्स कं. लि., आईएमई लाइफ इन्स्योरेन्स कं. लि., युनियन लाइफ इन्स्योरेन्स कं. लि., सन नेपाल लाइफ इन्स्योरेन्स कं. लि., रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कं. लि. र सानिमा लाइफ इन्स्योरेन्स कं. लि. हुन् ।

यसअघि समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफलाई कारबाही गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्