Skip to content
Shikhar Insurance
National Life

फवार्ड माइक्रोफाइनान्सले सार्वजनिक गर्‍यो लगानीकर्ता झुक्याउने वित्तीय विवरण, पुँजी नबढाएर ईपीएस डेढ सय देखायो

Hyundai
NCELL
NIMB

काठमाडौं । फर्वार्ड माइक्रोफाइनान्सले भ्रमपूर्ण वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रिस्तरको लघुवित्त फर्वार्डले बोनस सेयरपश्चात पुँजी बढाएर देखाउनुको सट्टा ब्यालेन्सी सिटमा पुरानै चुक्तापुँजी राखेर प्रतिसेयर आम्दानी डेढ सय रुपैयाँ देखाएको हो ।

कम्पनीले पुस २० गतेको वार्षिक साधारणसभामार्फत् ३५ प्रतिशत लाभांश पारित गरिसकेको छ । लघुवित्तको यसअघिको चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ बढेर ८४ करोड ४४ लाख ५० हजार रुपैयाँ पुग्नुपर्ने हो । तर, ब्यालेन्स सिटमा पुरानै चुक्तापुँजी देखाइएको छ ।

जसअनुसार लघुवित्तको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १ सय ४६ रुपैयाँ ४७ पैसा कायम भएको छ । पहिलो त्रैमास अन्त्यसम्म यस्तो ईपीएस ५६ रुपैयाँ ६७ पैसामात्र थियो ।

यसबाहेक लघुवित्तको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा साढे १३ करोड रुपैयाँले बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुग्दा खुद मुनाफा साढे २२ करोड रुपैयाँबाट ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले २३ करोड ७८ लाख रुपैयाँ सेयर कारोबारबाट कमाएको नाफा नोक्सान खातामा देखाएको छ ।

फर्वार्डले आफ्नो संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने तयारी गरेको छ । त्यसैले बलमासी गरेको जानकारको बुझाई छ ।

बोनस दिएको पुँजीलाई क्यापिटल बढाउनुपर्नेमा त्यसो नगर्दा लघुवित्तको प्रतिसेयर आम्दानी ह्वात्तै बढेको छ ।

गत आवको पुस मसान्तसम्म कम्पनीको ईपीएस ८९ रुपैयाँ ९३ पैसा थियो । गत आवको असार मसान्तसम्म ९१ रुपैयाँ ८७ पैसा रहेको कम्पनीको ईपीएस करिब डेढ सय रुपैयाँ कायम गरेर लगानीकर्ता झुक्याउने प्रयास गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्