Shikhar Insurance
National Life

३७ करोडको मुद्दामा मुछिएका क्रिप्टोकरेन्सी कारोबारी खड्का २५ लाख धरौटीमा रिहा

सिंहदरबार संवाददाता
२०७८ माघ १६, आईतवार २१:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । अबैध क्रिप्टो करेन्सीको कारोबारमा मुद्दा खेपिरहेका दिनेश खड्का २५ लाख धरौटीमा रिहा भएका छन् । अबैध क्रिप्टो करेन्सीको कारोबार गरेर करोडौं कमाएको तथ्य फेला परेपछि ३७ करोड रूपैयाँ बिगो मागसहित राजस्व अनुसन्धान विभागले खड्का विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा हालेको थियो ।

तर, अदालतले उनलाई २५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । क्रिप्टो करेन्सी कारोबारका मुख्य अभियुक्त खड्कासहित उनीकी दिदी भगवती खड्का, बुवा नर वहादुर खड्का र केटी साथी अनिता धिताल विरुद्ध ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँ बराबरको बिगोदावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्धा हालेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खड्काले ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार गरेका थिए भने महिला साथी अनिता धितालको नामबाट लक्ष्मी बैंक मार्फत ५ करोड ७७ लाख कारोबार गरेका थिए । खड्काकी दिदी भगवती खड्काको नामले एनआईसी एशिया बैंकबाट २० करोड ४२ लाखको कारोबार भएको देखिन्छ ।

खड्काका बुबा तथा एमाले महाधिवेशन प्रतिनिधी नरबहादुर खड्काले ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख बराबरको कारोबार गरेको देखिन्छ । खड्काले मोबाइल भुक्तानी प्लाटफर्म इ–स्क्रिल र क्रिप्टोकरेन्सी कारोबार प्लाटफर्म बाइनान्सबाट नेपाल पैसा भित्र्याउने गरेका थिए ।

खड्का विरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०७४।०४।२९, २०७५।१२।२६ र २०७८।०५।२४ को सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएपछि सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी गर्दै मुद्धा हालिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्