Shikhar Insurance
National Life

भारतको मीरगञ्ज पुल भत्किँदा पूर्व नेपाल ठप्प, मरमत गर्न व्यवसायीको माग

सिंहदरबार संवाददाता
२०७८ माघ १६, आईतवार २०:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वका उद्योगी एवं व्यवसायीले जीर्ण मीरगञ्ज पुल तत्काल मरमत गर्न संघीय सरकारसँग माग गरेका छन् । भारतबाट विराटनगर आउने मालबाहक सवारीसाधन आवतजावतमा समस्या परेका जनाउँदै उनीहरुले सरकारसँग सो माग गरेका हुन् ।

पुलको अवस्था जीर्ण भएपछि सो नाकामा आउने मालबाहक सवारीसाधन सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरिरहेकाले सयम र लागत बढी लाग्ने कारण उपभोक्ता महङ्गीको चपेटामा पर्ने भएका कारण व्यापारी र उद्योगीको ध्यान त्यसतर्फ गएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

करिब तीन महिनादेखि बिग्रिएको सो पुलको छेउमा निर्माण भइरहेको पक्की पुल धिमागतिमा निर्माण भइरहेकाले पटक–पटक सो पुलमा समस्या आउने र नेपालका पूर्वी क्षेत्रका उद्योगी एवं व्यपारी समस्यामा पर्ने गरेको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले बताए । उनले  विराटनगर नाका जोड्ने भारतको जीर्ण अवस्थाको मीरगञ्ज पुलको स्थलगत निरीक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक करिडोरको औद्योगिक–व्यावसायिक क्षेत्रमा सिर्जित समस्याको तत्कालै निराकरणका लागि सम्बन्धित निकायमा पहल गरोस् भने ।

अध्यक्ष रिजालले परराष्ट्र मन्त्रालयसमक्ष सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा–जोगबनी सडकमार्फत ३० टनसम्मका मालबाहक सवारी आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनुपर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन पुललाई तीन दिनभित्र अस्थायीरूपमा सञ्चालनमा ल्याउनुपर्ने र हाल स्थगन भएको मीरगञ्ज पुलको जीर्णोद्वार कार्य तत्कालै सुरु गर्नुपर्ने माग राख्दै सोका लागि भारतीय पक्षलाई तत्कालै पहल गर्न अनुरोध गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्