काठमाडौं । नेप्से परिसूचक २७७६.६५ अंकमा आइपुगेको छ । आइतबारबाट निरन्तर घटेको नेप्से परिसूचकमा बुधबार ३८.४२ अंकको गिरावट आएको हो ।
१.३६ प्रतिशतले घट्ने क्रममा सेयर बजारमा बुधबार १ सय ७० कम्पनीको मूल्यमा गिरावट आयो भने १५ वटाको मात्र बढेका छन् ।
कारोरबार अवधिभर आरोह अवरोहका बाबजुद नेप्से ऋणात्मक भएर बन्द भएको हो ।
सबै समूहगत उपसूचकमा गिरावट आउँदा नेप्से थामिन सकेन । बजारमा दिनभर २३३ स्क्रिप्टका ९३ लाख ५८ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड रूपैयाँमा किनबेच भए । तीमध्ये सबैभन्दा बढी सेयर किनबेच अपि पावर कम्पनीको भयो । कारोबार रकमका आधारमा अरूण भ्यालि हाइड्रो, अपर तामाकोसी, एचआईडीसीएल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष पाँचमा अटाए ।
विन नेपाल लघुवित्त र बुद्धभुमी हाइड्रोको सेयर मूल्यमा बुधबार पनि पोजिटिभ सर्किट लागे । यी २ बाहेक सीईडीबी हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत, कालिका लघुवित्त, युनाइटेड इदी मर्दी आरबी हाइड्रो, चन्द्रागिरि हिल्स, समता घरेलु लघुवित्त, मिर्मिरे डेभलपमेन्ट बैंक, ओरियन्टल होटल्स, नेरूडे लघुवित्त, साम्लिङ पावर र शिभम सिमेन्टको मूल्य बढे ।
घट्नेमध्ये सबैभन्दा बढी पोखरा फाइनान्सका लगानीकर्ताले ५.५९ प्रतिशत गुमाए ।
आइतबार देखि नेप्से परिसूचक निरन्तर घटिरहेको छ ।आइतबार १० अंकले घटेको नेप्से सोमबार १०० अंक र मंगलबार ५.५९ अंकले घटेको थियो ।
डेढ महिनाअघि २२ सय ८१ अंकको न्यूनतम बिन्दुमा पुगेको नेप्से बढ्न थालेको थियो । त्यसयता अघिल्लोसोमबार नेप्से भदौयताको सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्